global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ’

‘एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ’

‘एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ’

नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र सहकार्यका साथ निर्वाचन सुरक्षासम्बन्धी कार्य गरिरहेको स्पष्ट पारेको छ ।

सेनाद्वारा आज जारी एक अपिलमा आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सेना परिचालित भइरहेको जनाइएको छ ।

निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकाय एकीकृत र समन्वयात्मक ढङ्गले कार्य गरिरहेको अवस्थामा प्रसारित अतिरञ्जित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको सेनाले जनाएको छ । सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनामा विश्वास नगर्नरनगराउन जनसमुदायमा सेनाले अपिल गरेको छ ।

प्रकाशित समय : १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु