गृहपृष्ठ साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली घोषणा भएको छ । राष्ट्रिय यू–२० टिमका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले धरवेन्द्र कुँवरको कप्तानीमा २३ सदस्सीय टोली घोषण गरेका हुन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले माल्दिभ्समा यही मार्च २३ देखि अप्रिल ४ सम्म साफ यू–२० च्याम्पियनसिप आयोजना गर्दै छ ।
प्रतियोगितामा नेपालसहित साफका सातै सदस्य राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा छिमेकी राष्ट्र भारत समावेश छ ।
प्रकाशित समय : १९:४२ बजे



















