global ime bank Long Banner Ad

गृहपृष्ठ मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

जिल्ला सदरमुकाम रुकुमकोटमा आज अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे८प ६७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल रुकुमकोट लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए ।

दुर्घटनामा परी सोही ठाउँका १८ वर्षीय सुरेश गिरी र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ की १० वर्षीया अनिता डाँगी घाइते हुनुुभएको छ । दुवै जनाको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय : २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु