global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ’

‘नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ’

‘नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ’

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको बताएका छन ।

आज धरानमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी वैचारिक रूपमा रूपान्तरणको दिशामा अघि बढेको बताए । “नेपाली कांग्रेस प्रश्नहरूको चाङ बोकेर होइन, अवसरहरू बोकेर अघि बढेको छ”, उनले भने, “राष्ट्रियताको जग हल्लिएको बेला त्यस धरातलमा रोपिएको लोकतन्त्रको बिरुवा फस्टाउन सक्दैन भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ ।”

मुलुक सङ्कटमा पर्दा नेपाली कांग्रेसले बारम्बार चुनौती भोग्दै आएको उल्लेख गर्दै पार्टीले जिम्मेवार अभिभावकको भूमिकामा रहँदै ती चुनौतीलाई सामना गर्दै आएको बताए ।

प्रकाशित समय : २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु