global ime bank Long Banner Ad

गृहपृष्ठ आईपिएललगत्तै अफगानिस्तानले भारत भ्रमण गर्ने

आईपिएललगत्तै अफगानिस्तानले भारत भ्रमण गर्ने

आईपिएललगत्तै अफगानिस्तानले भारत भ्रमण गर्ने

अफगानिस्तान राष्ट्रिय पुरुष क्रिकेट टोलीले आउँदो जुनमा एक टेस्ट र तीन एकदिवसीय खेलका लागि भारत भ्रमण गर्ने भएको छ।

सोमबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले जनाए अनुसार यी दुई टोलीले जुन ६ मा टेस्ट खेल्नेछन्। त्यसपछि क्रमशः जुन १४, १७ र २० मा एकदिवसीय क्रिकेट खेल्ने तालिका रहेको छ।

टेस्ट खेल न्यू चण्डीगडमा हुने छ भने पहिलो एकदिवसीय क्रिकेट धर्मशालामा हुनेछ। त्यस्तै, ओडिआईको दोस्रो खेल लखनउमा हुनेछ भने तेस्रो खेल चेन्नईमा हुनेछ।

यो शृङ्खला आईपीएल समाप्त भएको छ दिन पछि सुरु हुन्छ, आईपिएलको फाइनल खेल मे ३१ मा खेलिने तय भएको छ।

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु