global ime bank Long Banner Ad

गृहपृष्ठ रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैनः राप्रपा

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैनः राप्रपा

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैनः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २ मा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको जनाएको छ ।

सो पार्टीका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देही–२ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा कुनै सत्यता नभएको जानकारी दिए ।

उनले भने, “राप्रपाले रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन । प्राविधिक रुपमा राप्रपाको उमेदवारी खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पङ्क्ति र मतदातालाई राप्रपा अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु