nmb bank

गृहपृष्ठ आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड

आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड

आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको आन्तरिक विवाद त्यागेर एकताबद्ध भई निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन।

कमल गाउँपालिका गेउरियामा आज आयोजित कोणसभामा उनले वर्तमान अवस्थामा आन्तरिक विवादलाई छाडेर एकढिक्का भई पार्टीका उम्मेदारलाई विजयी बनाउन मतदातासँग निरन्तर सम्पर्कमा रहनुपर्ने बताए ।

उपमहासचिव भट्टराईले सबै नेता–कार्यकर्ताले निर्वाचनमा आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले झापामा एमालेको विजय सिङ्गो पार्टीको प्रतिष्ठासँग गाँसिएकाले जसरी पनि मतदातालाई रिझाएर जित आफ्नो पक्षमा पार्नुपर्ने बताए ।

उनले भने, “यो देशको स्वाभिमानलाई माथि उठाउन, राष्ट्रियतालाई सुदृढ बनाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) विजयी हुनुपर्छ ।”

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु