nmb bank

गृहपृष्ठ आइजीआई पु्रडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ भवनको उद्घाटन सम्पन्न (भिडियो सहित)

आइजीआई पु्रडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ भवनको उद्घाटन सम्पन्न (भिडियो सहित)

आइजीआई पु्रडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ भवनको उद्घाटन सम्पन्न (भिडियो सहित)

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले नयाँ भवन उद्घाटन, करिब १ अर्ब लगानी
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेकराज ढकालले कम्पनीको नवनिर्मित भवन उद्घाटन गरिएको जानकारी दिएका छन् । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १२ तले उक्त भवन करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको र निर्माणमा झण्डै १ अर्ब रुपैयाँ लगानी भएको बताए ।

उनले कम्पनीको आफ्नै भवन निर्माण हुनुले संस्थागत पहिचान मजबुत बनेको अनुभूति भएको बताए । ‘कम्पनीको आफ्नै भवन बनाउन पाउँदा हामी आभारी छौं । यसले कम्पनी स्थापित भएको अनुभूति दिलाएको छ, आइजीआईको बिल्डिङ चाँही १२ तलाको हो । झण्डै ६० हजार वर्गफिट टोटल एरिया छ । यसको लगानी झण्डै सबै गरेर १ अर्ब जति खर्च भएको छ । कम्पनी र व्यक्तिको हिसावले हेर्दाखेरी कम्पनीको आफ्नै भवन बनाउन पाउँदा आभारी समेत छौं ,’ उनले भने ।
अध्यक्ष ढकालले पछिल्लो समय नेपालको बीमा बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै बीमा क्षेत्र अहिले परिपक्व अवस्थामा पुगेको बताए । उनले स्वदेशमै सीमित नरही बीमा कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी उक्त भवन उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि विस्तार भएमा रोजगारी सिर्जना हुने धारणा व्यक्त गरे । उनले व्यवसायले सेवा विस्तार, पूर्वाधार विकास तथा समग्र अर्थतन्त्र सुदृढ बनाउन योगदान पु¥याउने उल्लेख गरे ।

उनले भने, ‘व्यवसायीक एक्टिभिटीहरु बढ्यो भने चाँही रोजगारी सिर्जना हुन्छ । त्यसले दिने सर्भिस, विकासका पूर्वाधारहरु र आभोरल अर्थतन्त्र बढाउन मद्दत पुर्याउँछ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि यसरी नै अगाडि बढ्नुपर्छ ।’
उनले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि आगामी दिनमा व्यवसाय विस्तार गर्दै आर्थिक विकासमा थप योगदान दिनुपर्ने बताएका छन् ।

प्रकाशित समय : १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु