global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं–१ मा समावेशी समाजवादी पार्टीका उम्मेदवार पाण्डेको घरदैलो अभियान

काठमाडौं–१ मा समावेशी समाजवादी पार्टीका उम्मेदवार पाण्डेको घरदैलो अभियान

काठमाडौं–१ मा समावेशी समाजवादी पार्टीका उम्मेदवार पाण्डेको घरदैलो अभियान

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित ‘समावेशी समाजवादी पार्टी’का तर्फबाट सुरेन्द्र पाण्डे ले काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

घरदैलोका क्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय राज्य र समाजबाट अझै पनि तिरस्कृत अवस्थामा रहेको भन्दै संसदमा उनीहरूको प्रत्यक्ष प्रतिनिधित्व आवश्यक भएको बताए ।

‘समाजवादी समावेशी पार्टी यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु देश र समाजबाट नै तिरस्कृत भइरहेको अवस्थामा हाम्रो प्रतिनिधित्व संसदमा हुनुपर्छ भनेर म यो क्षेत्रमा प्रत्येक्ष रुपमा उम्मेद्वारी दिएर घर दैलो गरिरहेको छु’ उनले भने ।

मुख्य राजनीतिक दलहरूले समावेशी रूपमा स्थान नदिएपछि आफ्नै राजनीतिक शक्ति निर्माण गर्दै उम्मेदवारी दिएको उनको भनाइ छ ।

पाण्डेले आफ्नो पार्टी पारदर्शिता, सुशासन र भ्रष्टाचारविरुद्ध स्पष्ट अडानमा रहेको दाबी गर्दै युवापलायन रोक्ने, ढल निकास व्यवस्थापनलगायत स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने,‘अरु पार्टीले हामीलाई समावेश नगराएपछि यो पार्टी स्थापना भयो । हामी एकदमै पारदर्शी छौं र भ्रष्टाचारको घोर भत्र्सना पनि गछौं । यहाँका युवाहरु पलायन हुन रोक्ने, ढल निकास जस्ता यो क्षेत्रको समस्या समाधान गछौं ।’

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु