nmb bank

गृहपृष्ठ हिमालयन रियल्टर्सलाई घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र प्राप्त

हिमालयन रियल्टर्सलाई घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र प्राप्त

हिमालयन रियल्टर्सलाई घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र प्राप्त

काठमाडौं । हिमालयन रियल्टर्स प्रा.लि. लाई नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र (इजाजतपत्र नं :BRK१८३५४५१) औपचारिक रूपमा प्रदान गरिएको छ । प्रविधिमा आधारित चुस्त दुरुस्त घरजग्गा सम्बन्धी ब्रोकर सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रचलित कानून तथा नियमावली बमोजिम प्रदान गरिएको उक्त इजाजतपत्र अनुसार कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रहरूमा कानुनी रूपमा घरजग्गा खरिद–बिक्री सम्बन्धी कारोबार सञ्चालन गर्न पाउनेछ । साथै, इजाजतपत्रमा तोकिएको शर्त अनुसार कम्पनीले जतिसुकै रकमको कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।

कम्पनी व्यवस्थापनले यस उपलब्धिलाई संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता तथा दीर्घकालीन विस्तारका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरेको छ ।

हिमालयन रियल्टर्स प्रा.लि. आगामी दिनहरूमा अझ गुणस्तरीय, पारदर्शी तथा कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछ ।

योसँगै हिमालयन रियल्टर्स प्रा.लि. घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजत प्राप्त गर्ने पहिलो कम्पनी समेत बनेको छ ।

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु