काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपभोक्ता अदालतको अध्यक्षमा डा भट्ट नियुक्ति

1.85K
shares

मन्त्रिपरिषद्को आजको बैठकले न्याय परिषद्को सिफारिसबमोजिम डा दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ ।

गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार काठमाडौं जिल्ला न्यायाधीश भट्टलाई सो अदालतको अध्यक्षमा नियुक्त गरिएको हो ।

डा भट्टले त्रिभुवन विश्वविद्यालयबाट नेपालमै सर्वप्रथम सञ्चालित कानुनमा स्नातकोत्तर (एलएलएम) डिग्री प्रथम श्रेणीमा प्रथम भई उत्तीर्ण गरेको छ र सोका लागि उनि महेन्द्र विद्या भुषण ‘ख’ बाट विभूषित भएका थिए । उनले हङकङ विश्वद्यालय हङकङबाट अन्तरराष्ट्रिय कानुन र मानव अधिकार विषयमा प्रथम श्रेणीमा कानुनमा स्नातकोत्तर (एलएलएम) डिग्री हासिल गरेका थिए ।

कानुन र न्याय क्षेत्रमा करिब दुई दशकभन्दा बढीको अनुभव प्राप्त गरेका उनले त्रिभुवन विश्वविद्यालयवाट विद्यावारिधी (पिएचडी) डिग्री हासिल गरेका छन । उनका न्याय र कानूनका क्षेत्रमा दर्जनौं अनुसन्धानमूलक लेख रचनाहरू प्रकाशित हुनाका साथै उनको लेखन, अनुसन्धान र प्रशिक्षणमा विशेष दख्खल रहेको छ । उनिसँग राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थामा अनुसन्धान र प्रशिक्षण गरेको विशेष अनुभव रहेको छ । कानुनी क्षेत्रमा लेखक एक स्थापित र आफ्नो विषयमा विशेष दख्खल राख्ने व्यक्ति छन ।