गृहपृष्ठ जय ट्रफी : पुलिसविरूद्ध आर्मीका भीम सार्कीको शतक
जय ट्रफी : पुलिसविरूद्ध आर्मीका भीम सार्कीको शतक
जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो दिनको समाप्ती हुँदा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले दोस्रो पारी सुरु गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा तेस्रो सेसनमा पुलिसले ७ ओभरमा १ विकेटको क्षतिमा २३ रन बनाउँदा पहिलो दिनको खेल समापन भएको हो । पहिलो दिन सकिँदा पुलिस २४ रनले पछाडि छ ।
पुलिसका लागि कुशल भूर्तेल १२ र शंकर राना ७ रनमा नटआउट छन् । अमित श्रेष्ठ भने ४ रनमा आउट भए । आर्मीका लागि आकाश चन्दले १ विकेट लिए ।
त्यसअघि पहिलो पारीमा आर्मीले ४० ओभरमा ९ विकेटको क्षतिमा २३४ रन बनाएको थियो । आर्मीका लागि भीम सार्कीले शतकीय पारी खेले । भीम ११३ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै ११३ बलमा नटआउट रहे । पवन कार्कीले ३७, नरेन साउदले ३१, तृत राज दासले १४, कप्तान विनोद भण्डारीले १२, सन्तोष कार्कीले १२, कुशल मल्लले ११ रन बनाए ।
पुलिसका लागि सागर ढकालले ६ विकेट लिए । उनले १७ ओभरमा ९२ रन खर्चे । त्यस क्रममा १ मेडेन ओभर सिज बलिङ गरे । ललित राजवंशलिे १५ ओभरमा ८० रन खर्चेर २ विकेट लिए । सो क्रममा २ ओभर मेडन बलिङ पनि गरे । कुशल भूर्तेलले ५ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए। सो क्रममा उनले १ ओभर मेडन पनि फाले ।
त्यसअघि पहिलो पारीमा पुलिसले ५३.३ ओभरमा ८ विकेटको क्षतिमा १८७ रन बनायो । पुलिसका लागि राशिद खानले ३८, कप्तान आरिफ शेखले ३६, कुशल भूर्तेलले ३०, दिसाद अलिले २७, राशिद खानले ११ र अमित श्रेष्ठले १० रन बनाए । ललित राजवंशी भने १८ रनमा अविजित रहे ।
आर्मीका लागि पवन कार्कीले ४ विकेट लिए । आकाश चन्दले २ मेडन ओभर, शाहाब आलमले ५ मेडन ओभर, नरेन साउदले २ मेडन ओभर फाल्दैँ १–१ विकेट लिए । बसिर अहमदले पनि एक विकेट लिए।
प्रकाशित समय : १८:१३ बजे


















