गृहपृष्ठ क्यानडालाई पराजित गर्दै न्यूजिल्याण्ड सुपर आठमा प्रवेश
क्यानडालाई पराजित गर्दै न्यूजिल्याण्ड सुपर आठमा प्रवेश
न्यूजिल्याण्ड भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकपको सुपर आठमा प्रवेश भएको छ । ऊ क्यानडलाई ८ विकेटले पराजित गर्दै सुपर आठमा प्रवेश भएको हो ।
क्यानडाले दिएकोे १ सय ७४ रनको लक्ष्य न्यूजिल्याण्डले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । क्यानडाको भने याे लगातार तेस्रो हार हो ।
उसका लागि ग्लेन फिलिप्सले अविजित ७६, रचिन रविन्द्रे ५९ र फिन आलेनले २१ रनको योगदान दिए । क्यानडाका लागि साद बिन जफर र डिलोन हेलिगरले एक/एक विकेट लिए ।
त्यसअघि जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रन बनायो ।
उसका लागि युवराज सम्राले सानदार शतकीय पारी खेले । उनले ६५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १ सय १० रन बनाए । त्यस्तै, कप्तान दिलप्रीत बाजवाले ३६, नवनीत धालिवालले १० रन बनाए ।
न्यूजिल्याण्डका लागि काइल जेमीसन, म्याट हेनरी, ज्याकब डफी र जिमी निशमले एक/एक विकेट लिए ।
प्रकाशित समय : १४:४२ बजे



















