गृहपृष्ठ इटलीका कप्तानले चोटका कारण गुमाए नेपालविरुद्धको खेल
इटलीका कप्तानले चोटका कारण गुमाए नेपालविरुद्धको खेल
टि-२० विश्वकप अन्तरगत आज हुने नेपालविरुद्धको खेलमा इटलीका कप्तान वेन म्याडसेन अनुपस्थित रहने भएका छन् । चोटका कारण उनले आजको खेल गुमाएका हुन् ।
स्कटल्यान्डविरुद्ध इटलीको पहिलो खेलका क्रममा म्याडसेन घाइते भएका थिए । म्याचको पहिलो चार ओभरभित्रै चोटग्रस्त भएपछि उनी मैदानबाट बाहिरिनु परेको थियो । नेपालविरुद्ध उनी खेल्न नसक्ने इटलीका कोच जोन डेविसनले बताएका छन् ।
म्याडसेनको स्थानमा ह्यारी मेनेटीले इटलीको कप्तानी गर्ने छन् । मेनेटीका दाजुभाइ नै इटलीको टिममा छन् । उनका भाइ बेन मेनेटीले स्कटल्यान्डविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान म्याडसेनको स्थानमा इटलीले मध्यक्रमका ब्याटर मार्कस क्याम्पोपियानोलाई स्थान दिनसक्ने बताइएको छ ।
नेपाल र इटली पहिलोपटक आपसमा भिड्दैछन् । दुवै टिम पहिलो जितको खोजीमा छन् । इटली पहिलोपटक विश्वकपमा पुगेको हो ।
प्रकाशित समय : १०:४७ बजे



















