global ime bank Long Banner Ad

गृहपृष्ठ कारको ठक्करबाट बालिकाको मृत्यु

कारको ठक्करबाट बालिकाको मृत्यु

कारको ठक्करबाट बालिकाको मृत्यु

चन्द्रपुर । रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा आज कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।

बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ–४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो । घाइते खातुनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए । कारका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित समय : १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु