global ime bank Long Banner Ad

गृहपृष्ठ परिसंघद्वारा महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन

परिसंघद्वारा महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन

परिसंघद्वारा महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन

नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरूलाई बधाई एवं स्वागत गरेको छ ।

नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रूपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

स्वदेशी उत्पादनहरूको उपभोग बढाउनुपर्नेमा जोड दिनुपर्ने बताउँदै उनले परिसंघले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको बताए ।

साथै, उनले परिसंघ र महिला उद्यमी महासंघबीच गहन रूपमा सहकार्य हुने विश्वास व्यक्त गरे ।

उनले महासंघ परिसंघसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताइन् । सो अवसरमा सहकार्यका क्षेत्रलगायतका विषयमा छलफल भएका थिए ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, परिसंघका महानिर्देशक डा.घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु