global ime bank Long Banner Ad

गृहपृष्ठ दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित

दीपेन्द्र सिंह ऐरी र आरिफ शेखको अर्धशतकमा टी–२० विश्वकपअघि आज भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईविरुद्ध सात विकेटको फराकिलो जित निकालेको छ ।

टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको १४६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १७ ओभरमै मात्र ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अविजित अर्धशतक बनाए । आरिफले ३७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ६१ रन बनाए । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३१ बलमा चार चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए ।

कप्तान रोहित पौडेलले रनआउट हुनुअघि १६ रन बनाए भने आशिफ शेख र कुशल भुर्तेलले ८/८ रन बनाए ।

यूएईका लागि मोहम्मद रोहितले कसिलो बलिङ गर्दै ३ ओभरमा १३ रन खर्चिँदै १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि सोहेब खानले सर्वाधिक ३८ रन बनाउँदा हर्सित कौसिकले ३५ रन जोडे । यस्तै आर्यान्स शर्माले २५, मोहम्मद जैबले १९ तथा अलिशान शराफूले १२ रन जोडे ।

बलिङमा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु