global ime bank Long Banner Ad

गृहपृष्ठ एथलेटिक्स टोली चीन प्रस्थान

एथलेटिक्स टोली चीन प्रस्थान

एथलेटिक्स टोली चीन प्रस्थान

बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको तियाङजेन प्रस्थान गरेको छ ।

यही फेब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४०० र ८०० मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले एक हजार ५०० र तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए ।

अफिसियलमा एथलेटिक्स सङ्घका उपाध्यक्ष सन्तोषकुमार ढकाल तथा प्रशिक्षकमा एथलेटिक्सकी मुख्य प्रशिक्षक उषाकर्ण चौधरी छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

प्रकाशित समय : २०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु