global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् ।

उक्त अवधिमा ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए। उनले भने, “उद्योगतर्फ एक हजार २३ नवीकरण र वाणिज्यतर्फ ९८८ नवीकरण भएका छन् ।”

त्यसैगरी, उद्योगतर्फ एक १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छभने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ ।

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु