गृहपृष्ठ सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ
सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ
श्रीलङ्काको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।
यही फेब्रुअरी ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीको आज विदाइ गरिएको हो । नेपाली टोलीमा पुरुष खेलाडीमा दिपेशजङ्ग थापा, रोशन तामाङ, रविन भट्टराई, राजन नेपाली र विकास कुमाल रहेका छन् । महिलामा सुमित्रा डङ्गोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन र पायल शाही छन् । पुरुष/महिला दुवै टोलीले रेगु र क्वाड्रेन्ट स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
अफिसियलमा नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद गुरुङ, टोली व्यवस्थापकमा अक्कलबहादुर तामाङ तथा प्रशिक्षकमा नरबहादुर थापा र श्यामबहादुर श्रेष्ठ रहेका छन् ।
प्रकाशित समय : १९:५९ बजे




















