गृहपृष्ठ पूर्व प्रधानमन्त्री नेपाल सहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्न विशेषको आदेश
पूर्व प्रधानमन्त्री नेपाल सहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्न विशेषको आदेश
तत्कालीन प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आइतवार साक्षी बुझ्ने आदेश दिएको हो ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइपछि सो आदेश भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।
प्रकाशित समय : १४:५४ बजे



















