global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने र लाइभ मार्केट सुविधा

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने र लाइभ मार्केट सुविधा

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने र लाइभ मार्केट सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ।

अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्।

ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेण्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि, ग्राहकलाई तुरुन्तै सिआरएन नम्बर प्राप्त हुनेछ। त्यसपछि, ग्राहकहरूले आईपीओहरू खुला हुने समयमा एपमार्फतै आवेदन दिन सक्नेछन्।

साथै, ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूलाई यस एपको माध्यमबाट कुनै पनि कम्पनीको आईपीओ खुल्ला हुनेबारे जानकारी पनि प्राप्त हुनेछ। यस सेवाले ग्राहकलाई आईपीओ आवेदन प्रक्रियामा अन्य माध्यम प्रयोग गर्न नपर्ने तथा अत्यधिक सहजता र समयको बचत गर्ने सुविधा उपलब्ध गराएको छ।

 

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु