global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आज सुर्खेत पुगे रास्वपाका वरिष्ठ नेता बालेन

आज सुर्खेत पुगे रास्वपाका वरिष्ठ नेता बालेन

आज सुर्खेत पुगे रास्वपाका वरिष्ठ नेता बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुर्खेत पुगेका छन् ।

सुर्खेतमा आयोजना गरेको चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालेनसहित केन्द्रीय तथा प्रदेश नेतृत्व सुर्खेत पुगेका हुन् ।

नेता बालेनले रास्वपा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर सिंह ठकुरी, क्षेत्र नम्बर २ का उम्मेदवार रमेश सापकोटा तथा कर्णाली प्रदेश सभापति मदन खड्कालगायत नेताहरू भेटेका छन् ।

सुशासन, पारदर्शिता र जनउत्तरदायी व्यवस्थालाई पार्टीको मुख्य एजेन्डा बनाएर देश दौडाहामा छन् ।

रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानलाई तीव्र बनाएको छ ।

पार्टीले जनतासँग प्रत्यक्ष संवाद, घरदैलो अभियान र सार्वजनिक कार्यक्रममार्फत मतदाताको विश्वास जित्ने प्रयास जारी राखेको छ।

 

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु