काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सहिदहरुप्रति सम्मान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

1.91K
shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभित्र समयमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदप्रति उच्च सम्मान र श्रद्धासुमन अर्पण गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै नेपालको परिवर्तनको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी त्यसलाई संस्थागत गर्न योगदान गर्ने अग्रजप्रति सम्मान र आदर भाव व्यक्त गरेका छन् । उनले जहानियाँ निरङ्कुश राणाशासन ढाल्नका लागि चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधार स्तम्भ रहेको बताए ।

विज्ञप्तिमा भनिएको छ “विसं २००७ देखि आजसम्म भएका हरेक निरङ्कुशता विरोधी आन्दोलन यही प्रेरणाको जगमा भएका छन् । पञ्चायती व्यवस्था विरुद्धको २०४६ सालको जनआन्दोलन होस् वा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन सबैमा सहिदको त्यही पे्ररणा जीवन्त रह्यो ।”

उनले अहिले व्यवस्थामाथि भइरहेको प्रहारलाई उत्तेजनामा नभइ संयम, धैर्य र इमन्दारिताका साथ विवेकपूर्ण ढङ्गले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई बचाउने प्रतिबद्धताकासाथ उभिन आग्रह गरेका छन् । “हाम्रा अभिमतहरु पनि हाम्रो संविधान र व्यवस्था पक्षमा प्रकट हुनु पर्दछ, संविधानको जगमा उभिएर कमीकमजोरी सच्याउँदै सहिदले देखाएको बाटो र सपना साकार पार्न अघि बढ्नु आजको आवश्यकता हो”, मुख्यमन्त्री कार्कीले भनेका छन् ।

उनले सहिदको सम्मान एकताबद्ध भई समृद्ध र समुत्रत राष्ट्र निर्माणमा दृढ सङ्कल्प तथा अठोटका साथ लाग्न सबैलाई आह्वान गर्दै गरेका छन् । रासस