गृहपृष्ठ दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए।
आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले बताए । आगलागीको कारण भने खुलेको छैन ।
प्रकाशित समय : ११:३० बजे


















