गृहपृष्ठ भुजुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

भुजुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

भुजुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

भुजुङ हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ १५ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि माघ १२ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको हो ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु