global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा : नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा : नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा : नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको सगर्व घोषणा गर्दछ। केही महिना अघिदेखि संचालित प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले अब नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई अझ तीव्र बनाउँदै लगेको छ, जसको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुनेछ।

यामाहा रेजेडआर125-FI हाइब्रिडले ARAI- प्रमाणित ७१.३३ किमी प्रति लिटर माइलेज दिने क्षमता बोकेको भए पनि, माइलेज लिगले वास्तविक सडकमा यसको प्रदर्शन अझै उत्कृष्ट हुन सक्ने प्रमाणित गरेको छ। अहिलेसम्म एक सहभागीले ८७.२० किमी प्रति लिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन्, भने अन्य सहभागीहरू पनि विजेता माइलेजको निकै नजिक पुगेका छन्। यसले वास्तविक राइडिङ अवस्थामै पनि कम्पनीले दाबी गरेको आँकडालाई आधिकारिक रूपमै पार गरेको देखाएको छ। यो उपलब्धि केवल कन्ट्रोल गरिएको ट्र्याकमा मात्र सीमित छैन। यामाहा रेजेडआर हाइब्रिडलाई नेपालको विविधतायुक्त भौगोलिक अवस्थाहरूमा कडा परीक्षण गरिएको छ। तराईका समथर सडकदेखि पहाडी उकालो मोडहरूसम्म, हाइवेको पिचदेखि अप्ठ्यारो अफ-रोड ट्रेलसम्म, हरेक अवस्थामा यसको माइलेज उत्कृष्ट रह्यो। विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवका साथ यामाहाले इन्धन दक्षतालाई दर्शकहरूले प्रत्यक्ष हेर्न सक्ने प्रतिस्पर्धामा रूपान्तरण गरेको छ, जहाँ ग्राहकहरूले केवल माइलेजको दाबी सुन्ने मात्र होइन, नतिजा आफ्नै आँखाले हेर्न पाएका छन्। सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन भइरहेको यो लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ, र अन्तिम चरणका च्यालेन्ज लागि अझै केही शहरहरू बाँकी रहेका छन्।

यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल प्रतियोगिता मात्र होइन, नेपाली राइडरहरूप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव पनि हो। हामी ल्याबका नतिजाहरूलाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्दैछौं। हाम्रो चाहना भनेको हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाएको गर्व महसुस गर्न सकून् भन्ने हो।”

यस लिगको आकर्षणको रूपमा रहेको यामाहा रेजेडआर 125-FI हाइब्रिड नेपालकै सबैभन्दा धेरै mileage  बिक्री हुने स्कुटर हो र यो आफ्नो सेग्मेन्टमा एकमात्र हाइब्रिड स्कुटर पनि हो। यसमा अत्याधुनिक स्मार्ट मोटर जेनेरेटर (SMG) र अटोमेटिक स्टप एण्ड स्टार्ट प्रणाली प्रयोग गरिएको छ, जसले परम्परागत स्कुटरहरूले दिन नसक्ने शक्ति र माइलेजको उत्कृष्ट सन्तुलन प्रदान गर्दछ।

‘विनर अफ विनर्स’ टाइटलको फाइनल प्रतिस्पर्धा असार २०८३ मा आयोजना हुनेछ, जहाँ विभिन्न क्षेत्रका विजेताहरू अन्तिम स्किल टेस्टका लागि एक ठाउँमा आउने छन्। देशभर थप माइलेज च्यालेन्जहरू हुने भएकाले नयाँ प्रतिस्पर्धीहरूका लागि पनि यो अवसर अझै खुला रहेको छ।

लिगमा सहभागी हुनुहोस् ! यसका लागि यामाहा नेपाल सबै यामाहा रेजेडआर हाइब्रिड मालिकहरूलाई नजिकको यामाहा शोरूममा सम्पर्क गर्न आग्रह गर्दछ। के थाहा, तपाईंको शहर नै नेशनल च्याम्पियन छानिने अर्को गन्तव्य पनि हुन सक्छ१

यामाहा नेपालको बारेमा
एमएडब्लू राइड्स प्रा. लि. द्वारा प्रतिनिधित्व गरिएको यामाहा नेपालले ग्राहकहरूलाई उत्साह र गहिरो सन्तुष्टि प्रदान गर्ने उद्देश्यले उत्कृष्ट जापानी इन्जिनियरिङ र ‘कान्दो’ फिलोसोफी मार्फत् दुई-पाङ्ग्रे सवारी उद्योगमा अग्रणी भूमिका निभाउँदै आएको छ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु