global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बादोरियो कराते टोली भारत जाँदै

बादोरियो कराते टोली भारत जाँदै

बादोरियो कराते टोली भारत जाँदै

काठमाडौँ । नवौँ अन्तरराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली बादोरियो कराते टोली भोलि भारतको भिशाखापटनम प्रस्थान गर्ने भएको छ ।

जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापामगर, ४५ केजीमा रिजन बुढामगर र ३० केजीमा शिशिर थापाले प्रतिस्पर्धा गर्नेछन् ।

महिला ६० केजीमा दिया पहरी तथा ४५ केजीमा स्वेता तारा गुरुङ सहभागी हुनेछन् । अफिसियलमा नेपाल बादोरियो कराते डो सङ्घका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी र निर्णायकमा सागर काफ्ले छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले आज यहाँ  आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु