global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेल्टा अन्तरराष्ट्रिय सम्मेलन आगामी शुक्रबारदेखि

नेल्टा अन्तरराष्ट्रिय सम्मेलन आगामी शुक्रबारदेखि

नेल्टा अन्तरराष्ट्रिय सम्मेलन आगामी शुक्रबारदेखि

काठमाडौँ  । अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)को आयोजनामा ३० औँ नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।

नेल्टाले आज पत्रकार सम्मेलन गरी यही माघ १६ र १७ गते ग्यालेक्सी पब्लिक स्कूलमा नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेल्टाका अध्यक्ष प्रा डा लक्ष्मण ज्ञवालीले अङ्ग्रेजी शिक्षाको महत्वका बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा छलफल हुने जानकारी दिए ।

‘भावी पुस्ताका लागि अङ्ग्रेजी भाषा शिक्षणः मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त सम्मेलनमा ८०० अङ्ग्रेजी शिक्षकको सहभागिता हुने अध्यक्ष ज्ञवालीले बताए।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अङ्ग्रेजी शिक्षाका बारेमा समूहगत छलफलका साथै प्रदेशस्तरीय छलफल हुनेछ । उक्त सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, चीन, सिङ्गापुर, मङ्गोलिया चीन, सिङ्गापुर, मङ्गोलिया, अमेरिका, बेलायत, जापान, हङ्कङलगायत देशका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु