गृहपृष्ठ अस्ट्रेलियाका टी–२० विश्वकप विजेता केन रिचर्डसनले क्रिकेटबाट सन्न्यास लिए

अस्ट्रेलियाका टी–२० विश्वकप विजेता केन रिचर्डसनले क्रिकेटबाट सन्न्यास लिए

अस्ट्रेलियाका टी–२० विश्वकप विजेता केन रिचर्डसनले क्रिकेटबाट सन्न्यास लिए

अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर केन रिचर्डसनले व्यावसायिक क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०२१/२२ मा अस्ट्रेलियाले आईसीसी टी–२० विश्वकपको उपाधि जित्दा रिचर्डसन टोलीको हिस्सा थिए ।

‘डेथ ओभर’ अर्थात् अन्तिम ओभरहरूमा योर्कर र तीव्र बलिङका लागि परिचित ३४ वर्षीय केन रिचर्डसनले अस्ट्रेलियाका लागि २५ एकदिवसीय अन्तर्राष्ट्रिय र ३६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले एकदिवसीयमा ३९ र टी–२० मा ४५ विकेट लिएका छन् ।

सन् २०१३ मा श्रीलङ्कासँगको खेलमा एकदिवसीयमा डेब्यु गरेका रिचर्डसनले त्यसको एक वर्षपछि पाकिस्तानसँगको खेलमा टी–२० मा डेब्यु गरेका थिए । उनले विश्वभरका टी–२० लिगहरूमा पनि खेलेका छन् ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु