global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘मिस्टर कोशी’ शारीरिक सुगठन प्रतियोगिता सञ्चालन गरिने

‘मिस्टर कोशी’ शारीरिक सुगठन प्रतियोगिता सञ्चालन गरिने

धरान । धरानमा सातौँ ‘मिस्टर कोशी प्रदेश–२०८२’ खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।

शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्नाका साथै प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र खेलाडीको आर्थिक सशक्तिकरणमार्फत स्वस्थ नागरिक निर्माणमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । एलाइनेट जिम धरानद्वारा आयोजित प्रतियोगिता आगामी चैत २७ र २८ गते धरान उपमहानगरपालिका–८ स्थित सभागृह भवनमा सञ्चालन गरिने जनाइएको छ ।

प्रतियोगिताको पहिलो दिन ‘प्रिजजिङ’ सञ्चालन गरिनेछ । उक्त चरणमा प्रत्येक तौल समूहबाट ६–६ जना खेलाडी छनोट गरिनेछ । विभिन्न तौल समूहबाट छनोट भएका कुल ३० जना खेलाडी फाइनल चरणमा सहभागी हुने एलाइनेट जिम धरानका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए ।

फाइनल चरणमा प्रत्येक तौल समूहमा प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्मका खेलाडी निर्धारण गरिनेछ । प्रत्येक तौल समूहका प्रथम स्थान प्राप्त खेलाडी मात्र ‘ओभरअल’ चरणमा सहभागी हुनेछन् । ओभरअल चरणमा प्रवेश गरेका ६ जना खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्म निर्धारण गरिने जनाइएको छ । ओभरअल चरणमा प्रथम हुने खेलाडीलाई ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ घोषित गरिने अध्यक्ष लिम्बूले बताए ।

प्रतियोगितामा ५५, ६०, ६५, ७०, तथा ७५ केजी वजन समूह समावेश गरिएको छ । प्रत्येक तौल समूहमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

ओभरअल समूहअन्तर्गत प्रथम हुने खेलाडीलाई नगद एक लाख २५ हजार, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई ४० हजार, चौथो हुनेलाई ३० हजार, पाँचौँ हुनेलाई २५ हजार र छैटौँ हुनेलाई २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी बेस्ट पोजर, मस्कुलर म्यान, मोस्ट इम्प्रुभ र बेस्ट टिम विधाका विजेतालाई जनही रु पाँच हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष लिम्बूले बताए।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु