global ime bank Long Banner Ad

गृहपृष्ठ विज्ञापनका विषयमा विद्यमान कानुन र अवस्थाबारे अन्तरक्रिया

विज्ञापनका विषयमा विद्यमान कानुन र अवस्थाबारे अन्तरक्रिया

विज्ञापनका विषयमा विद्यमान कानुन र अवस्थाबारे अन्तरक्रिया

विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको अवस्थाबारे सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।

बोर्डले आज यहाँ आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा सङ्घबाहेक प्रदेश र स्थानीय सरकारले पनि यसलाई कार्यान्वयन गर्न सुझाव दिइयो ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्ले विज्ञापनको विषय उपभोक्तासँग गाँसिएको विषय भएको उल्लेख गर्दै विभिन्न ‘प्लेटफर्म’मा आएका विज्ञापनलाई नियन्त्रण र नियमन गर्न समन्वयकारी भूमिका निर्वाह गरिने बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विज्ञापनले मनोसामाजिक रुपमा प्रभाव पारेको उल्लेख गर्दै नेपालमा मदिराको विज्ञापन गर्न रोक लगाउनु मञ्चको ठूलो उपलब्धि भएको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बोर्डको अधिकार प्रयोग गरेर स्थानीय तहले काम गर्न सक्ने उल्लेख गर्दै जथाभावी रुपमा प्रयोग भएको होर्डिङ बोर्डले सहरी सौन्दर्यकरण बिगारेको बताए ।

उक्त अवसरमा स्थानीय तह र प्रदेश सरकारले विज्ञापनका विषयमा गर्ने नियमन र जरिवानाका विषयमा जानकारी गराइएको थियो ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु