global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले आज २०८२ माघ १२देखि पदभार ग्रहण गरेको छ । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ (नोभेम्बर १०, २०२५) मा बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पु-याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको MNIT, Jaipur मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेको छ । साथै, शैक्षिक उपलब्धिहरु मध्ये एस.एल.सी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उहाँले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेको छ ।
उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए । बैंकिङ्ग क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । यसका साथै, पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ्ग अनुभवका आधारमा उनको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु