गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ
वि.सं.२०८२ माघ १२ सोमवार १०:१८
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा–१ को उम्मेदवार बनेका सुदन गुरुङले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा पहिला गोली चलेपछि मात्रै अन्य विध्वंश भएको बताएका छन्।
जेनजी आन्दोलनपछि त्यसको अगुवा बनेका गुरुङले सामाजिक सञ्जालमा सरकारले आन्दोलनकारी युवाहरूलाई गोलीले ढालेपछि मात्रै सिंहदरबार जलेको बताएका हुन्।
‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस्!’
झापा ५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा देश बनाउने र देश जलाउनेबीच प्रतिस्पर्धा हुने बताएपछि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)देखि सुरुङसम्मले ओलीको अभिव्यक्तिको प्रतिवाद गरिरहेका छन्।
























