global ime bank Long Banner Ad

गृहपृष्ठ राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

कर्णाली । राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेकपा (एमाले) की मीना रखाल विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएको हो ।

शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे । त्यस्तै, रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत प्राप्त गरेको निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए । उनका अनुसार शाहीका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरे।

त्यस्तै रखालका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी अन्जु महताराले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत प्राप्त गरेको सूचना अधिकारी चौलागाईंले बताए। उनका अनुसार ६ मत बदर भएको थियो । कर्णालीमा कुल मतसङ्ख्या १९८ हुँदा प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए । त्यस्तै, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ मत खसेको थियो ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु