global ime bank Long Banner Ad

गृहपृष्ठ तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर । बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु भएको छ।

तीन दिनसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो।

महोत्वसको बाल गायिका कल्पना विष्टले उद्घाटन गरिन्। सोही अवसरमा बाल साहित्यकारहरू भिक्टर प्रधान, प्रमोद प्रधान, घनश्याम राजकर्णिकार र सिर्जना शर्मालाई रु १५र१५ हजार राशिको पुरस्कार प्रदान गरियो।

समाजका अध्यक्ष विजयराज आचार्यका अनुसार महोत्सवमा बालसाहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बालसाहित्यसम्बन्धी पुस्तकको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन्।

काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागिता हुुने महोत्वसमा रचना प्रस्तुति र बङ्गलादेशका वरिष्ठ साहित्यकार प्रा डा मिजानुर रहमान कल्लोलको मुख्य प्रस्तुति रहने महोत्वसका संयोजक यशोदा अधिकारीले जानकारी दिइन्।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु