global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्ती मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते घर्तीलाई आज बिहान बिहान ८ः४० बजे प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएका र उनको उपचार भइरहेको छ । प्रहरीले चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु