global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तरिक्ष पर्यटनतर्फ चीनको अर्को कदम, परीक्षण उडान सफल

अन्तरिक्ष पर्यटनतर्फ चीनको अर्को कदम, परीक्षण उडान सफल

अन्तरिक्ष पर्यटनतर्फ चीनको अर्को कदम, परीक्षण उडान सफल

अन्तरिक्ष पर्यटनका लागि तयार पारिएको चीनको एक व्यावसायिक अन्तरिक्ष यानले सोमबार उत्तरपश्चिम चीनमा आफ्नो उपकक्षीय परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ ।

यस परीक्षण उडानले पृथ्वीमा पुनः प्रवेश गर्दा हुने गतिको नियन्त्रण सफल भएको प्रमाणित गरेको छ । साथै, पुनः प्रयोग गर्न मिल्ने यानको तल्लो चरणको सटीक अवतरण नियन्त्रण प्रविधि प्रदर्शन गरिएको विकासकर्ता चिनियाँ व्यावसायिक अन्तरिक्ष कम्पनी कास स्पेसले जनाएको छ । यसले भविष्यमा अन्तरिक्ष पर्यटन गतिविधि विकासका लागि बाटो खोलेको कम्पनीको भनाइ छ ।

‘लिहोङ–एक वाइ–एक’ नाम दिइएको यस अन्तरिक्ष यान करिब एक सय बीस किलोमिटर उचाइसम्म पुग्न सक्ने क्षमताको छ । कम प्रक्षेपण लागत, उच्च लचकता र प्रयोगात्मक सामग्री फिर्ता ल्याउन सक्ने क्षमता यसका प्रमुख विशेषता हुन् ।

कम्पनीका अनुसार यस यानले तीन सय सेकेन्डभन्दा बढी समयसम्म अत्यन्त स्थिर र बहुउपयोगी प्रयोगात्मक वातावरण उपलब्ध गराउन सक्छ ।

परीक्षणका क्रममा यानले चिनियाँ गुलाबका बीउहरू पनि बोकेको थियो यो अन्तरिक्ष यानलाई बहुपटक प्रयोग गर्न मिल्ने गरी विकास गरिँदै छ । यसले कम लागतमा उपकक्षीय वैज्ञानिक प्रयोग र व्यावसायिक अन्तरिक्ष पर्यटन क्षमतालाई अझ सुदृढ बनाउनेछ ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु