global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेनमा विद्युतीय कारको माग उल्लेखनीय रूपमा बढ्दै

युक्रेनमा विद्युतीय कारको माग उल्लेखनीय रूपमा बढ्दै

युक्रेनमा विद्युतीय कारको माग उल्लेखनीय रूपमा बढ्दै

युक्रेनमा ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको बिक्री सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको छ । सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार गत वर्ष यस्ता सवारीसाधनको बिक्री सङ्ख्या एक लाख दस हजारभन्दा बढी पुगेको छ ।

युक्रेनी सवारी उत्पादक संघका अनुसार सन् २०२५ मा एक लाख सात हजार चार सय सत्तरी विद्युतीय यात्रुवाहक कार, दुई हजार सात सय त्रिहत्तर विद्युतीय व्यावसायिक सवारीसाधन र पाँचवटा विद्युतीय बस दर्ता भएका छन् ।

प्रतिवेदनले बजार विस्तारमा प्रयोग भइसकेका सवारीसाधनको बिक्रीले मुख्य भूमिका खेलेको जनाएको छ । कुल दर्तामध्ये करिब उनासी प्रतिशत हिस्सा प्रयोग भइसकेका विद्युतीय सवारीसाधनको रहेको छ ।

यसअघि सन् २०२४ मा युक्रेनमा करिब एकाउन्न हजार सात सय विद्युतीय सवारीसाधन बिक्री भएका थिए ।

प्रकाशित समय : २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु