global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभा निर्वाचनका लागि जनमोर्चाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि जनमोर्चाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि जनमोर्चाको उम्मेदवारी दर्ता

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेको छ । सो पार्टीबाट प्युठानका बोमबहादुर खत्री र पद्मा पण्डितले उम्मेदवारी दर्ता गराएका छन ।

प्युठानको मल्लरानी गाउँपालिका–२ का खत्रीले ‘अन्य’ र प्युठान नगरपालिका–८ का पद्मा पण्डितले ‘महिला’ क्लस्टरमा उम्मेदवारी दर्ता गराएका हुन । खत्रीको प्रस्तावकमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र समर्थकमा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ रहेका छन ।

पण्डितको प्रस्तावकमा भूमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा र समर्थकमा स्वर्गद्वारी नगरपालिका उपप्रमुख मीनराज रानामगर रहेका छन ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु