global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मी विकास बैंकका नव नियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

महालक्ष्मी विकास बैंकका नव नियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

महालक्ष्मी विकास बैंकका नव नियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नव निर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएका छन ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

मिति २०८२/०९/२१ मा सम्पन्न बैंकको वार्षिक साधारण सभामार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।

 

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु