गृहपृष्ठ नेपाली बजारमा ‘सीएफ मोटो २५० डुअल’ चाँडै बिक्री सुरू हुने
नेपाली बजारमा ‘सीएफ मोटो २५० डुअल’ चाँडै बिक्री सुरू हुने
सीएफ मोटोको नयाँ मोटरसाइकल नेपालमा चाँडै बिक्री सुरू गर्ने भएको छ ।
सीएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले नयाँ सीएफ मोटो २५० डुअल बजारमा ल्याउन लागेको हो ।
कम्पनीले यसअघि ल्याएको सीएफ मोटो ४५० एमटी निकै चर्चित छ । योबाहेक पनि नेपालमा सीएफ मोटोका २५० एनके, ३०० एनके, आरएस ४५० एस जस्ता मोडल बिक्री हुँदै आएका छन् ।
सीएफ मोटो ३०० एनके यो सेग्मेन्टमा कम मूल्य भएको मोटरसाइकल हो । यो पावर र डिजाइनका हिसाबमा पनि निकै उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
प्रकाशित समय : १८:०१ बजे


















