global ime bank Long Banner Ad

गृहपृष्ठ सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित

सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित

सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले डायलाइसिस सेवामा अत्यधिक चाप बढेपछि नयाँ बिरामी तथा आपत्कालीन बाहेकका सेवाग्राहीलाई सेवा दिन नसकिने बताएको छ ।

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार हाल अस्पतालमा २१ वटा डायलाइसिस मेसिनमार्फत २०० भन्दा बढी नियमित बिरामीलाई सेवा प्रदान हुँदै आएको छ। नियमित बिरामीको संख्या अत्यधिक बढेकाले डायलाइसिस सेवामा चाप परेको अस्पतालले जनाएको छ।

यही कारण देखाउँदै अस्पतालले आपत्कालीन बाहेकका नयाँ बिरामी तथा नयाँ नियमित बिरामीलाई डायलाइसिस सेवा तत्कालका लागि प्रदान गर्न नसकिने स्पष्ट पारेको छ। सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु