गृहपृष्ठ देउवालाई भेट्न देउवा निवास पुगे लिङ्देन
देउवालाई भेट्न देउवा निवास पुगे लिङ्देन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भेट गरेका छन् । बुधबार देउवाको निवास पुगेर लिङ्देनले भेट गरेका हुन् ।
पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका हुन् ।
त्यसअवसरमा दुई नेताबीच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा समेत कुराकानी भएको थियो ।
प्रकाशित समय : १७:१५ बजे


















