प्रधानमन्त्री कार्कीसँग मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभको शिष्टाचार भेट
वि.सं.२०८२ पुस २२ मंगलवार १९:३६
shares

प्रधानमन्त्री सुशीला कार्कीसँग मधेश प्रदेश प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको छ ।
त्यसक्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रूपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गरिन् । साथै पछिल्ला दिनमा मधेशमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न आग्रह पनि गरिन् ।
फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा यसबीचमा आउन सक्ने सम्भावित चुनौतीतर्फ पनि सतर्क हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो ।

























