गृहपृष्ठ प्रविणकुमार झा साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्सको उपाध्यक्ष मनोनीत
प्रविणकुमार झा साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्सको उपाध्यक्ष मनोनीत
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा)को उपाध्यक्ष मनोनीत भएको छ । उनको कार्यकाल सन् २०२६ को जनवरी १ बाट शुरु भइसकेको छ ।
आइक्यानले यो मनोनयनलाई नेपाली लेखा व्यवसायको क्षेत्रीय स्तरमा बढ्दो मान्यताको प्रतिबिम्ब मानेको छ । यसअघि आइक्यानका पूर्वअध्यक्षहरु सिए कोमलबहादुर चित्रकार र सिए डा. सुवोधकुमार कर्णले क्रमशः सन् २०१० र २०१८ मा अध्यक्षको रुपमा साफाको नेतृत्व गरेको थियो ।
साफामा उनीहरुको नेतृत्वले आइक्यानका लागि महत्वपूर्ण कोसेढुंगाको काम गरेको छ ।
आइक्यानले नयाँ जिम्मेवारीका लागि सिए प्रविणकुमार झालाई बधाई ज्ञापन गर्दै उहाँको नेतृत्वले क्षेत्रीय सहकार्य र दक्षिण एसिया क्षेत्रमा लेखा व्यवसायलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।
प्रकाशित समय : १६:५० बजे


















