गृहपृष्ठ कर्णाली मन्त्रीमा साबिक माओवादी र नेकपा एसमा बिबाद हुदाँ सपथ स्थगित

कर्णाली मन्त्रीमा साबिक माओवादी र नेकपा एसमा बिबाद हुदाँ सपथ स्थगित

कर्णाली मन्त्रीमा साबिक माओवादी र नेकपा एसमा बिबाद हुदाँ सपथ स्थगित

सुर्खेत। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई शपथ ग्रहण गराउने कार्यक्रम स्थगित गराएको छ ।

मुख्यमन्त्री मंगल बहादुर शाहीले विहान ११ बजेका लागि शपथको तयारी गर्न प्रदेश प्रमूख यज्ञराज जोशीसामू अनुरो गरेपनि भर्खरै मुख्यमन्त्री शाहीले स्थगित गर्न अनुरोध गरेको प्रदेश प्रमूख कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिईन ।

यता, कर्णाली प्रदेश सरकारको नेतृत्व पाएसँगै नेकपा बीच तीव्र असन्तुष्टि फैलिएको छ । जसको कारण मन्त्रीहरुको शपथग्रहण नै रोकिएको छ ।

यसअघि एमालेका केन्द्रीय सचिव यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए भने एमाले र नेकपा बिचको सम्झौता अनुरुप साविक माओवादीका मंगल बहादुर शाही मुख्यमन्त्री बनेका थिए । एमालेले तीन जना मन्त्री नियुक्त गरेपनि सरकारले भने पूर्णता पाएको छैन । साविक नेकपा एसबाट कल्याणी खड्का एकमात्र सांसद हुन भने उनलाई मन्त्री नबनाउन कर्णालीका माओवादी नेतृत्वबाट दवाव आइरहेको स्रोत दाबी गर्छ ।

यता, नेकपा कर्णाली इन्चार्ज चन्द्रबहादुर शाहीले भने सात जनाको नाम पठाइएको बताए । उनका अनुसार रुकुम पश्चिमबाट कल्याणी खड्का (नेकपा एस), मिलन खड्का, हुम्लाबाट जुम्किित लामा, रणसिंह परियार, सुर्खेतबाट विन्दमान विष्ट, वीर बहादुर शाही डोल्पा र कृष्ण जिसि रहेका छन । यी सात मध्य तीन जना मात्रै मन्त्री बन्नेछन ।

यसअघि एमालेलेले चार मन्त्रालय मागेकोमा तीन मन्त्रालय पाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई, सामाजिक विकास मन्त्री जितबहादुर मल्ल र उर्जामन्त्रीमा कलबादुर हमाललाई पठाई सकेको छ । ‘आज हामीले केन्द्रमा नाम पठाएका छौं,’ शाहीले न्युज कारखानासँग भने, ‘केन्द्रबाट नाम आए पछि मात्र शपथ होला ।’

प्रकाशित समय : ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु