गृहपृष्ठ संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारद्वारा संघीयता माथि रहेको बताएका छन् ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी स्वरुप आयोजित जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले वर्तमान संघीय सरकारका पदाधिकारीहरु जुन संघीय व्यवस्थाबाट जितेर सत्तामा पुगेका छन् । ती व्यवस्थालाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाए ।

प्रधानमन्त्री तथा मन्त्रीहरु आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशनबाट प्रदेश खारेज र स्थानीय निकाय समाप्त पार्ने प्रस्ताव पारित गरेको गर्नु संघीय प्रणालीमाथि प्रहार गरेको भने ।

नेता निधिले रास्वपाको गतिविधिले देशको संघीय प्रणाली संघीयता, लोकतन्त्र र संविधानमाथि खतरा रहेकाले यसलाई बचाउने जिम्मा हामी लोकतन्त्र तथा संघीयतावादी पार्टी नेपाली कांग्रेसका साथीहरुमा आएको छ भने ।

उनले संसारकै सबैभन्दा उत्कृष्ट संविधान र संघीयता, लोकतन्त्र तथा गणतन्त्रसहित संघीय प्रणाली हाम्रो देशको रहेको छ । योभन्दा उत्कृष्ट र सुन्दर व्यवस्था संसारकै कुनै देशमा छैन । यसको सफल कार्यान्वयन र प्रणाली व्यवस्थापन आवश्यक छ ।

समस्या आए भने व्यवस्था फालिदिने यो राजनीति संकीर्ण मानसिकताको उपज हो । यो भन्दा उत्कृष्ट व्यवस्था अब के हुन्छ भन्दै उनले जहाँ संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै व्यवस्था छ । हाम्रो संघीय व्यवस्थाको सबभन्दा राम्रो पक्ष के हो भने तीन तहको सरकारको व्यवस्था नेपाल बाहेक संसारको अरु कुनै व्यवस्था छैन ।

समयानुकुल संविधानलाई संशोधन र परिमार्जन सकिन्छ । तर समस्या आएमा व्यवस्था फालिदिने यो राम्रो होइन, हामीले यसलाई बचाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

नेता निधिले वर्तमान संघीय प्रणालीलाई बचाउन वैचारिक स्पष्टता, प्रतिबद्धता र सक्रियता आवश्यक छ । यी तीनवटै कुरा भएमात्रै संविधान र संघीय प्रणालीको सफल कार्यान्वयन हुन सक्छ र हामीले बचाउन सक्छौ। त्यसैले हामी कांग्रेसी नेता कार्यकर्ताहरुलाई यी तिनवटै कुरामा अडिग भएर लाग्नुपर्छ ।

 

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु