global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अफगानिस्तानमा करीव २८ करोड अमेरिकी डलरको २९ वटा परियोजना स्वीकृति

अफगानिस्तानमा करीव २८ करोड अमेरिकी डलरको २९ वटा परियोजना स्वीकृति

अफगानिस्तानमा करीव २८ करोड अमेरिकी डलरको २९ वटा परियोजना स्वीकृति

अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले करीव २८ करोड अमेरिकी डलर मूल्य बरावरका २९ वटा परियोजनाहरू स्वीकृत गरेको आर्थिक मामिला तथा उपप्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति मार्फत घोषणा गरेको छ ।

आर्थिक मामिला तथा उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ४४ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी अन्ततः २९ वटा प्रमाणित गरेको जनाइएको छ ।

स्वीकृत गरिएका प्रमुख परियोजनाहरुमा पूर्वी परवान प्रान्तमा सिमेन्ट उत्पादन क्षमता विस्तार गर्ने, मध्य बाम्यान प्रान्तमा हाजीगक खानीका लागि फलाम प्रशोधन संयन्त्र निर्माण गर्ने, २२५ मेगावाटको थर्मल पावर प्लान्ट निर्माण गर्ने लगायतका परियोजना रहेका छन् । परियोजना अन्तरगत ११ वटा प्रान्तमा अस्पताल निर्माण गर्ने, पन्जसिर र दयाकुन्डी प्रान्तमा सय शय्याको अस्पतालमा बाँकी काम सम्पन्न गर्ने र धेरै प्रान्तहरूमा बिजुली प्रसारण र वितरण परियोजनाहरू कार्यान्वयन गर्ने योजना समावेश छ ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गत वर्ष राष्ट्रव्यापी रुपमा करिब दुई अर्ब मूल्यका ५६२ वटा विकास र पूर्वाधार परियोजनाको अनुमोदन गरेको घोषणा गरेको छ ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु