काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

श्रीलंकासँगको टी–२० श्रृंखलामा भारतीय महिला टोलीको क्लिनस्विप

1.26K
shares

भारतीय महिला क्रिकेट टोलीले श्रीलंकासँगको पाँच खेलको टी–२० श्रृंखलामा क्लिनस्विप गरेको छ ।

हिजो भएको पाँचौ तथा अन्तिम खेलमा भारतले श्रीलंकालाई १५ रनले हरायो । भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन मात्रै बनायो ।

यो खेलमा श्रीलंका पराजित भएसँगै भारतले श्रृंखला ५–० ले जितेको हो । यसअघि भारत पहिलो खेलमा ८ विकेटले, दोस्रो खेलमा ७ विकेटले, तेस्रो खेलमा ८ विकेटले र चौथो खेलमा ३० रनले विजयी भएको थियो ।